TodayPati

बारामा १५ वर्षीया बालिकालाई करणी गरी गर्भवती बनाउने युवक प्रहरीको फन्दामा

टुडेपाटी-
बारा, भदौ ११ गते ।

बारामा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं.१८ मोतिसर टोल बस्ने वर्ष २१ को सुजित कुमार साह छन् । उनले १५ वर्षीया बालिकालाई विगत ८ महिनादेखि ललाई फकाई जबर्जस्ती करणी गर्दै आएको र ७ महिनाको गर्भ समेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Sponsored

साहलाई बिहीबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *