महोत्तरीमा सशस्त्र प्रहरीले बालकलाई पिटेको भिडियो टिकटकमा जमेर भाइरल (भिडियोसहित)
टुडेपाटी-
जनकपुरधाम, भदौ ११ गते ।
नेपाल भारत सीमा क्षेत्र महोत्तरीमा सशस्त्र प्रहरीले एक बालकलाई पिटेका छन् । भारतबाट सामान खरिद गरेर आउदै गरेका महोत्तरीको मटिहानीका ८ वर्षीय ती बालकलाई सशस्त्र प्रहरीले कुटपिट गरेका हुन् ।
पीडित बालकको परिचय खुलाइएको छैन । उनले साइकलबाट बोरामा केही सामान ल्याएको दृश्यमा देखिन्छ ।
लगत्तै सशस्त्र प्रहरीले ती सामान आफ्नो नियन्त्रणमा लिने प्रयासमा उनलाई पिटेको दृश्यमा देख्न सकिन्छ ।
टिकटक र फेसबुकमा भाइरल सो भिडियोमा बालकले रूदै छोडिदिन गुहार मागे पनि सशस्त्र जवानले उनलाई पिटिरहेको देखिन्छ ।
Sponsored