बोर्डिंग स्कुलको शुल्क समयमा तिर्न नसक्दा सिंगो परिवारमाथि नै कुटपिट
टुडेपाटी-
सिरहा, साउन २६ गते ।
सिरहाको मिर्चैयामा एक निजी स्कुलको शुल्क समयमा तिर्न नसक्दा सिरहामा सिंगो परिवारमाथि नै कुटपिट भएको छ ।
मिर्चैया नगरपालिका १० बस्ने अशोक साहको परिवारमाथि कुटपिट भएको हो ।
स्थानीय रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले अशोकको सिंगो परिवारमाथि नै शुल्कको लागि कुटपिट गरेका हुन् ।
कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् ।
कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् ।
यसमध्ये अशोक र उनकी छोरी सरिता गम्भीर छन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिनुका साथै टाउको पनि फुटेको छ । उनीहरू दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । अन्यको भने यहीँ उपचार भइरहेको छ ।
Sponsored
अशेकका तीन छोरी र एक छोरा गरी चार सन्तान छन् । जस मध्ये कान्छो छोरा नवीन सोही विद्यालयमा युकेजीमा पढ्दैछन् । विद्यालयको ५–६ हजार जति शुल्क तिर्न बाँकी छ ।
अशोकको मथिलेश्वर बजारमा पान पसल सञ्चालन गर्दै आएका छन् । सोमबार दिउँसो प्रिन्सिपल साह शुल्क माग्न पान पसलमै पुगेका थिए । अशोकले लकडाउनले आर्थिक समस्या रहेकाले शुल्क तिर्न नसकेको केहि समय मागे । तर प्रिन्सिपल साहले अहिले नै पैसा दिनुपर्छ भन्दै अपशब्द बोलेपछि गाली गर्न आग्रह गर्दा आफुहरुमाथि कुटपिट गरेको पीडित अशोकले पीडा सुनाए ।
अशोकमाथि कुटपिट भइरहेको देखेपछि छुटाउन गएका परिवारका अन्य सदस्यमाथि पनि प्रिन्सिपल साहले कुटपिट गरेका छन् ।
यता, घटनापछि प्रिन्सिपल साह फरार भएका छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया प्रहरीले जनाएको छ ।