TodayPati

सप्तरीमा झोलुङ्गे पुलै नबनाइ झण्डै एक करोड निकासा

शुभ नारायण यादव-
सप्तरी , साउन २५ गते ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा दुईवटा झोलंगे पुल कागजमै निर्माण गरी लाखौं रुपैयाँ घोटाला भएको खुलासा भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउपालिका वडा नम्बर ३ सकरपुरा स्थित झोलुङ्गे पुल निर्माणका लागि २ करोड ८२ लाख ८० हजार १ सय ५० बिनियोजन गरेकोमा ७० लाख निकासा भएको छ ।

तर कागतमा झोलुङ्गे पुल निर्माण गरी बजेट निकासा भएको तिलाठी कोईलाडी गाउँपालिका ७ का बिनोद रामले जानकारी दिए ।

Sponsored

‘लाखौं बजेट निकासा भयो’ उनले भने ‘तर, काम भने पटक्कै भएको छैन ।’

अर्का स्थानीय सकलदेव खंगले पुल निर्माणमा बजेट आएको कुरा आफुलाई जानकारी नभएको बताए । पुल निर्माण नहुँदा आवत जावतमा समस्या भएको बताउँदै उनले पानीमा डुबेर खोला तर्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

No description available.

यसैगरी तिलाठी–सकरपुरामा समेत पुल निर्माणको काम नभएको स्थानीयले बताएका छन् । झोलुङ्गे पुल निर्माण हुनेबारे सुन्नुमा आएको थियो एक स्थानीयले भने तर काम भने भएकै छैन । तिलाठी–सकरपुरामा पुल निर्माण कार्यका लागि उपभोक्त समिति निर्माण भएपनि काम भने नभएको उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र मुखियाले जानकारी दिए ।

Sponsored

उनले पेस्कीबापतको बजेट निकासा गरी गाउँपालिकाले आफ्नै खातामा राखेको बताए। वडा नम्बर ७ मंसापुरस्थित जिता खोला तथा वडा नम्बर ३ स्थित तिलाठी–सकरपुरामा झोलुङ्गे पुल निर्माण योजनामा कामै नगरी लाखौं बजेट निकाशा भएको हो ।

मंसापुरमा झोलुङ्गे पुल निर्माका लागि कूल २९ लाख, १९ हजार, ७ सय ५६ रुपैयाँ बजेट बिनियोजन गरिएकोमा कामै नगरी १६ लाख ३७ हजार पेस्की निकासा गरिएको पाइएको छ ।

तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंहले कोरोना महामारी तथा बाढीका कारण पुल निर्माण कार्य नभएको प्रतिक्रिया दिए ।

उपभोक्ता समिति अन्तिम समयमा गठन भएकोले काम गर्न समस्या भएकोले छिट्टै पुल निर्माणको कार्य शुरु उनको भनाइ छ ।

सकरपुरामा उपभोक्तबाट काम नभएपछि टेन्डरद्वारा पुल निर्माण गर्ने तयारी भईरहेको अध्यक्ष सिंहले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *