बटेश्वर गाउँपालिकामा ४ हजार मास्क वितरण
टुडेपाटी-
धनुषा, चैत १४ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा मास्क वितरण गरिएको छ ।
बटेश्ववर गाउँपालिका १ मा शुक्रबार ४ हजार मास्क वितरण गरिएको वडा नम्बर १ का वडा सदस्य चन्द्रदेव महतोले जानकारी दिए ।
गाउँपालिकाको तर्फबाट ५ सय र वडा नम्बर १ बाट ३५ सय गरि जम्मा ४ हजार मास्क वितरण गरिएको सदस्य महतोले बताए । ५ सय बढी घरधुरी रहेको वडा नम्बर १ प्रत्येक घरमा ५/५ वटा मास्क वितरण गरिएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अति अप्ठ्यारो परिस्थितिमा पनि बाहिरबाट केही मास्क उपलब्ध गराएको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले बताए ।
उनले भने वडा नम्बर १ मा आज मास्क वितरण काम भएको छ भने वडा नम्बर ३ पनि आजै वितरण हुनेछ र बाँकीको वडामा भोलि वितरण गर्ने जानकारी दिए ।
मास्क वितरण कार्यक्रममा गाउँपालिका १ का वडाध्यक्ष शैलेन्द्रकुमार महतो लगायत वडा नम्बर एकका वडा सदस्यहरुको सहभागिता रहेको थियोे ।
Sponsored
व्यक्तिगत स्तरबाट युवाले बाँडे मास्क
यस्तै बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा स्थानीय युवा सुनिल साहले अाफ्नो व्यक्तिगत तवरबाट २ सय ५० वटा मास्क वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना संक्रमणको महामारीबाट बच्न अाफ्नो गाउँघरका स्थानीयलाई मास्क वितरण गरेको युवा साहले टुडेपाटीलाई बताए ।