धनुषा, महोत्तरी र सिन्धुलीको चुरे क्षेत्रमा जंगली हात्ती आतंक
टुडेपाटी
जनकपुरधाम, चैत १४ गते ।
धनुषा, महोत्तरी र सिन्धुलीको चुरे क्षेत्रमा जङ्गली हात्तीले आतंक मच्चाएको छ । तीनैजिल्लाका चुरे क्षत्रका जनता हातीको त्रासले रातभरि जग्राम बस्न थालेका छन् ।
चुरे क्षेत्रमा जंगली हातीको आवागमन बाक्लिएपछि यस क्षेत्रका जनता त्रसित्र भएका हुन् । हात्तीको आतंकले राति जग्राम बस्नु परेको स्थानीयहरुको गुनासो छ ।
यो गाउँमा गत वर्ष हिउँदमा हात्तीले ४ वटा घर भत्काएको थियो ।
केही दिनयता चुरे वरपरका बस्तीमा हात्ती पसेका खबर बाहिरिएपछि यस भेगका सर्वसाधारणमा थप त्रास बढेको हो ।
बहीबार बिहानमात्र सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजियानीमा हात्तीको आक्रमणले दुई घाइते भएका थिए । त्यसपछि सीमा जोडिएका महोत्तरीको बर्दिवास नगरपालिका, धनुषाको मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका बस्तीमा त्रास बढेको हो । अहिले कोरोना त्रासले मुलुकमा ‘लकडाउन’ जारी गरिएका बेला जङ्गली हात्ती बस्ती पसेपछि सर्वसाधारणको हैरानी बढेको छ ।