TodayPati

कोरोनाबाट विश्वभर ज्यान जानेको संख्या २४ हजार नाघ्यो, ५ लाख ३१ हजार संक्रमित

टुडेपाटी-
जनकपुरधाम, चैत १४ गते ।

महामारीको रुपमा विश्वभर तिव्ररुपमा फैलिरहेको कोरोना भाइरस ज्यान जानेको संख्या २४ हजार नाघेको छ । गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २७ सय ९१ जनाले ज्यान गुमाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यससंगै कोरोना संक्रमणबाट बिहीबार बिहान पौने ८ बजेसम्म विश्वभर मृत्यु हुनेको संख्या २४ हजार ७३ पुगेको हो ।

Sponsored

कोरोना भाइरसबाट विश्वभर हालसम्म ५ लाख ३१ हजार सातसय ९९ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १ लाख २३ हजार नौ सय ३२ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।
गएको २४ घन्टामा सबैभन्दा बढी स्पेनमा यसको संक्रमणबाट सात सय १८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट ४३ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी इटालीमा एकैदिन सात सय १२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट ८ हजार दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी फ्रान्समा ३ सय ६५, अमेरिकामा २६६, जर्मनीमा ६१, इरानमा १५७, युकेमा ११५, जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *