सप्तरीमा ३६ जना क्वारेन्टाइनमा
टुडेपाटी
सप्तरी, चैत १३ गते ।
सप्तारीको छिन्नमस्ता गाउँपालिकामा कोरोना भाइरस संक्रमणको आशंकामा १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
सखडामा चोरसिया धमृशालामा कोरोना भाइरस संक्रमणको आशंकामा भारतबाट फर्केका महिला ,बालबालिका सहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबका अनुसार सप्तरीमा १७ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ भने हालसम्म ३६ जनालाई सो क्वारेन्टाइनमा राखिएका छन् ।