TodayPati

रौतहटमा ३५ जना क्वारेन्टाइनमा, ५ सय बेडको क्वारेन्टाइन तयार

टुडेपाटी
रौतहट, चैत १३ गते ।

रौतहटमा कोरोना संक्रममण शंकास्पदकालागि करिब ५ सय बेडको क्वारेन्टाइन तयार भएको छ । प्रदेश सरकार, स्थानीय तह र जिल्ला विपद व्यवस्थापन समितीको समन्वयमा कोरोना भाइरसको संक्रमणको आशंका भएकालाई सुरक्षित राख्न उक्त कोरेन्टाइन तयार अवस्थामा राखिएको हो ।

स्थापना गरिएका कतिपय क्वारेन्टाइन संचालमा समेत आइसकेको बताइएको छ । बौधीमाई नगरपालिकामा एक सय, गरुडा नगरपालिकामा दश, गौर र राजदेवी नगरपालिकामा ९०, , चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नगरपालिकामा ८०, दुर्गा भगवती गाउँपालिकामा ३०, माधवनारायण नगरपालिकामा ५०, फतुवा विजयपुर नगरपालिकामा १५, राजपुर नगरपालिकामा २९, परोहा नगरपालिकामा २५, देवाही गोनाही नगरपालिकामा ४० र र इशनाथ नगरपालिकामा ३० बेडको क्वारेन्टाइन तयार अवस्थामा राखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

रौतहटमा ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा रहेकामध्ये अधिकांश भारतबाट विभिन्न समयमा आएका बताइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *