TodayPati

सेभ द चिल्डे्रनद्वारा प्रदेश २ सरकारलाई साढे ७३ लाखको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

टुडेपाटी-
जनकपुरधाम, असार १८ गते ।

सेभ द चिल्डे्रन संस्थाले  प्रदेश २ सरकारलाई कोभिड-१९को संक्रमण न्युनिकरण तथा उपचार गर्न सघाउने उद्देश्यले ७३ लाख ५८ हजनर बराबरको अत्यावश्यक स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

सामग्रीहरू प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत मार्फत प्रदेश २ स्थित प्रादेशिक आपुर्ती व्यवस्थापन केन्द्र जनकपुरलाई हस्तान्तरण गरिएको हो ।

Sponsored

हस्तान्तरण गरिएका सामग्रीहरूमा आइ भि स्ट्याण्ड सहितका आइ.सि.यू. बेड, भाईरल ट्रान्स्पोर्ट मिडियम, सीप्याप, बिप्याप, अक्सिजन कन्सनट्रेटर लगायत कोभिड -१९ उपचारका लागी अन्य विभिन्न अत्यावश्यक स्वास्थ्य सामग्रीहरू रहेका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर शाहले मास्कहरू समेत नहुँदा सेभ द चिल्डे्रनले प्रदेश सरकारलाई सहयोग गरेको स्मरण गरे ।

सेभ द चिल्ड्रेन पूर्वान्चल फिल्ड कार्यालयका सह निर्देशक, डा. अजय कान्तले विशेष गरी बालबालिकालाई पर्न जाने मानसिक असर र उनिहरूको शिक्षामा पर्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै सेभ द चिल्डे्रन आउँदा दिनहरूमा स्थानीय, प्रादेशिक तथा संघिय सरकारलाई सहयोग जारी राख्नप्रतिबद्घ रहेको बताए ।

Sponsored

हस्तान्तरण कार्यक्रममा मुख्य मन्त्रीका साथै सामाजिक विकास मन्त्री नवल किशोर शाह, समाज विकास मन्त्रालयका सचिव नारायण श्रेष्ठ, प्रादेशिक आपुर्ती व्यवस्थापन केन्द्रका निर्देशक डा.प्रमोद यादव, स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा, स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्ती साह तथा मुख्य न्यायधिवक्ता दिपेन्द्र झा लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *