बारामा करेन्ट लागेर एक जनाको ज्यान गयो
टुडेपाटी-
बारा, असार १७ गते ।
बारामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कलैया उपमहानगरपालिका -१४ बस्ने ४५ वर्षीय मदनलाल जैसवाल रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
मृतक जैसवालको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।