TodayPati

कोरोना भाइरस संक्रमण नभएर निमोनिया भएको थियो वीरगंजका व्यापारी रुँगटालाई

टुडेपाटी
वीरगंज, चैत १२ गते ।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका वीरगंजका व्यपारीमा कोरोना नभएको पुष्टि भएको छ । पटनामा उपचाररत उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई नेमोनिया भएको अस्पतालले जनाएको छ । दुबईबाट फर्किएलगत्तै रुघाखोकी र ज्वरो देखिएपछि रुँगटालाई कोरोना संक्रमणको शंका गरी भारतको पटनास्थित पटना मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गरिएको थियो ।

त्यसपछि रुँगटाको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको भन्दै उनको परिवारजनको हवाला दिँदै यससम्बन्धी समाचार प्रकाशन तथा प्रसारण भएका थिए । पहिलो परीक्षणमा कोरोना नेगेटिभ देखिएको र दोस्रो परीक्षणमा पोजिटिभ देखिएको भन्दै रुँगटालाई कोरोना संक्रमण भएकोबारे समाचारहरु सार्वजनिक भएका थिए ।

Sponsored

यद्यपि आइतबार बिहान आएको तेस्रो स्वास्थ्य परीक्षणमा उनलाई कोरोना नलागेको भन्दै नेगेटिभ रिपोर्ट आएको थियो । लामो समयदेखि मिर्गौलाका बिरामी रहेका उनलाई निमोनिया भएको पाइएको बताइएको छ। निमोनियाको कारण स्वास फेर्न गाह्रो भएर उपचार गराएको र मंगलबार अपरान्ह उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
हाल उनी पटनामै आफन्तका घरमा बसेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *