TodayPati

आजदेखि सिमामा अलपत्र परेका नेपालीलाई फर्किन नदिइने

टुडेपाटी
जनकपुरधाम, चैत १२ गते ।

सिमामा रोकिएका नेपाली आजदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । मंगलवार अलपत्र परेका नेपालीलाई नेपाल आउन दिइएपनि बुधवारदेखि उनीहरु आउन नसक्ने भएका छन् ।

तर सरकारले लकडाउन घोषणा गरेयता नेपाल प्रवेश गरेका भारतीयलाई क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार उनीहरूलाई प्रदेश तथा स्थानीय सरकारले समन्वय गरेर क्वारेन्टाइनमा राख्नेछन् ।

सरकारले गत आइतबारदेखि नै चीन र भारतसँगको सीमा बन्द गर्ने निर्णय गरेको थियो । सोमबार पनि केही नेपालीलाई प्रवेश गर्न दिइएको थियो । मंगलबार पनि सयौँ नेपाली देश फर्केका छन् ।
यसअघि भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छैन ।

Sponsored

राखिएका कतिपय पनि क्वारेन्टाइनबाटै भागेका थिए । मंगलबार प्रवेश गरेकालाई स्थानीय तहले सुरक्षा दिएर क्वारेन्टाइनमा राख्ने निर्णय भएको खतिवडाले बताए । भारतमा कोरोना संक्रमण बढेकाले त्यहाँबाट आउनेहरूबाट नेपालमा पनि संक्रमण फैलने जोखिम रहेको भन्दै सरकारले आइतबारदेखि सीमा बन्द गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *