रौतहटको दुई नदी क्षेत्रका जनतालाई सचेत रहन प्रशासनको आग्रह
टुडेपाटी-
रौतहट, असार १६ गते ।
प्रशासनले बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यलय रौतहटले बागमतीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
गएराति परेको मुसल्धारे वर्षासँगै बागमती र लालबकैया नदीमा पानीको सतह बढदै गएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्रका जनतालाई सचेत गराएका हुन् ।
बागमती र लालाबकैया नदीमा आउँदा वर्षेनी जिल्ला सदरमुकाम गौर लगायतका स्थान डुबानमा पर्ने गरेका छन् ।
Sponsored