धनुषामा गर्भवती श्रीमतीको श्रीमानले गरे हत्या
टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।
धनुषामा श्रीमानले आफ्नै गर्भवती श्रीमतीको हत्या गरेको छन् । लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २९ वर्षीय सन्तोष पासवानले आफ्नै श्रीमति २३ वर्षीया प्रियंका पासवानको हत्या गरेको माइत पक्षले बताएका छन् ।
सोमबार राति कुटपिट गरी प्रियंकाको हत्या गरेको स्थानीयले बताएका छन् । मृतक महिलाको ५ वर्षीय छोरा आर्यन पासवानले वुवाले आमालाई लातले पेटमा हिर्काएको बताइरहेका छन् ।
माइत पक्षका अनुसार सन्तोषले यसअघि पनि पटक पटक प्रियंकालाई कुटपिट गर्ने गरेका थिए । प्रियंकाकी बुबा महोत्तरीको वलवा नगरपालिका ५ पुर्वारी टोलका बिनोद पासवानले छोरी ५ महिनाकी गर्भवती रहेको अवस्थामा ज्वाइँले कुटपिट गरी घाँटी थिचेर हत्या गरेको आरोप लागएका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटना स्थलको प्रकृति मुचुल्का उठाई लासलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईए पठाएको छ । घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धन पश्चात मात्र केहि भन्न सक्ने प्रहरीको भनाइ छ । राती नै आरोपी मृतक प्रियंकाको श्रीमान सन्तोष पासवानलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
Sponsored