TodayPati

धनुषामा भोलिदेखि सार्वजनिक सवारीसाधन चल्ने, एक साता निषेधाज्ञा थपियो

टुडेपाटी-
जनकपुरधाम, असार १४ गते ।

धनुषामा थप खुकुलो बनाएर एक साता निषेधाज्ञा थपिने निर्णय भएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज सकिन लाग्दा जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट पुनः असार २१ गतेसम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

Sponsored

थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

धनुषाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधनबाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले बताए ।

अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *