वीरगञ्जबाट अवैध करिब १७ लाखको सीपीयू र हार्डडिस्क बरामद
टुडेपाटी-
पर्सा, असार १४ गते ।
भारतबाट भन्सार छलेर ल्याइएको करिब १७ लाख बराबरको कम्प्युटर पार्ट्स वीरगञ्जबाट बरामद भएको छ ।
प्रहरीले भन्सार छली ल्याइएका उक्त सामानहरु वीरगञ्ज महानगरपालिका–१६ नग्वाबाट बरामद गरेको हो ।
५/७ जना तस्करहरुले भातरबाट भन्सार छली कम्प्युटर पार्ट्सहरु ल्याइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले डेल कम्पनीको आइ फाइभ सिपीयु ४९ पिस र हार्डडिस्क ७८ पिस बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
बरामद गरिएको पार्टसहरुको बजार मूल्य १७ लाख रुपैयाँ रहेको उनले बताए ।
प्रहरीलाई देख्नासाथ तस्करहरु भने सामान छाडेर फरार भएको थियोे ।
Sponsored
बरामद गरिएको कम्प्युटर पार्ट्सहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।