TodayPati

लोहरपट्टी नपामा सडक अव्यवस्थित ढलान, ढलपानी जमेर स्थानीय हैरान

टुडेपाटी-
महोत्तरी, असार १ गते ।

महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टा पिराढीमा अव्यवस्थित बाटो ढलान गर्दा पानी निकास नभएर स्थानीयले विगत डेढवर्षदेखि दुःख पाइरहेका छन् ।

नगरपालिकाको बजेटबाट पीसीसी ढलान गरिएको बाटोमा ४० मिटरसम्म ढल, फोहर पानी जम्ने गरेको स्थानीय अमर यादवले गुनासो गरे ।
सडकमा पानी ढल र फोहर पानी जम्दा स्थानीयलाई अबतजावत गर्न सस्या भएको छ ।

Sponsored

ढलान बाटोमा पानीको निकास नहुँदा स्थानीयले दुःख पाउने गरेको यादलवले दुखेसो पोखे । यस विषयमा नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षलाई पटक पटक गुनासो गर्दा र निवेदन समेत दिँदा कुनै वास्ता नगरेको उनको गुनासो गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *