TodayPati

सर्लाहीमा विषालु मदिरा सेवनबाट ८ जनाको मृत्यु

टुडेपाटी-
सर्लाही, असार १ गते ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, पडरियामा विषालु मदिरा सेवनबा तीन भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षका राम ईश्वर पासवान, ३९ वर्षका दिनकर दास, ६५ वर्षका कैलु दास, ५० वर्षका जुगेश्वर माझी र २४ वर्षका बलिन्द्र दास रहेका छन् ।

Sponsored

यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षका दाताराम निसाद, ५५ वर्षका शिवसागर निसाद र ३२ वर्षका सर्वेस राम निसादको पनि मृत्यु भएको छन् ।

उनीहरूको चारदिन भित्रै मदिरा सेवनबाट मृत्युु भएको गाउँपालिका अध्यक्ष विनोद साहले बताए । पडरिया गाउँ बढी दलित समुदायको बसोबास रहेको र त्यहाँ मदिरा भट्टी समेत रहेकाले मदिरा सेवनबाटै उनीहरूको मृत्यु भएको अध्यक्ष साहको भनाइ छ ।

तीनजना भने उपचार पश्चात् निको भएको गाउँपालिका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *