TodayPati

प्रतिबन्धित लागूऔषध हिरोइनसहित दुई युवक प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, जेठ २८ गते ।

सप्तरीको हनुमाननगर कंकालीनी नगरपालीकाबाट प्रतिबन्धित लागू पदार्थसहित दुई युवक पक्राउ परेका छन्

पक्राउ पर्नेमा राजबिराज नगरपालिकन–७ बस्ने २४ वर्षीय कृष्ण कुमार साह र सोही मोटरसाईकलमा पछाडी सवार वडा नं.१६ बस्ने २४ वर्षीय पंकज देव छन् ।

Sponsored

दुबैजनालाई गएको मंगलबार हनुमाननगर कंकालीनी नगरपालीका -१ स्थित कोशी नदीको पश्चिम तर्फ रहेको बगरको बाटोबाट पक्राउ गरेको सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

पंकज देवको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने खैरो चिज ( पदार्थ ) १२ ग्राम फेला परेको छ ।

दुबैजना प्रयोग गर्ने स १० प ५१०२ नं.को मोटरसाईकल समेत नियन्त्रणमा लिइ लागुऔषध खैरो हिरोईन मुद्धामा सप्तरी जिल्ला अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *