TodayPati

धनुषामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा सेनाका जवानको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ २२ गते ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा बिग्रेर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

शुक्रबार राति साढे ११ बजे पोर्ताहामा बिग्रेर रोकिराखेको ना ४ त १६८२ नम्बरको ट्रयाक्टरमा पूर्व दिशाबाट आएको रा ६ प २८६३ नम्बरको मोटरसाइकल ठोक्किँदा दाङ जिल्ला घर भएका भीमदल गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान २४ वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको हो ।

Sponsored

सोही मोटरसाइकलमा सवार सेनाकै अर्का जवान तनहुँ घर भइ शेरगंज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ घाइते भएका छन्‌ ।

सिमेन्ट बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रयाक्टरको पछाडिको चक्का अचानक पड्किएपछि सडक किनारमा रोकिराखेको थियो । सोही ट्रयाक्टरमा सैनिक जवानहरू सवार मोटरसाइकल ठोक्किएको थियो ।

सेनाका जवान गिरीको उपचार क्रममा सिरहा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको छ । घाइते जवान तामाङकोको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *