सप्तरीको हुलाकी सडक निर्माणमा जुटे गाउँले
शुभ नारायण यादव–
सप्तरी ,जेठ २२ गते ।
सप्तरीको राजविराज नगरपालिका वडा नं. १० विरौलचौक स्थित हुलाकी सडक निर्माणका लागि स्थानीयबासिन्दा सक्रिय भएका छन् । हुलाकी राजमार्गको राजविराज–बिरौल सडक खण्डमा नाला निर्माणमा स्थानियवासीहरु जुटेका हुन् ।
बिगत वर्षदेखि नाला निर्माणमा स्थानिय अवरोध गरेका कारण नाला निर्माण र सडक निर्माणका सम्पूर्ण काम बन्द भएको थियो । आज बसेको सर्वपक्षिय बैठकबाट नाला निर्माण र सडक निर्माणका सम्पुर्ण काममा बिवाद समाधान गर्न महमद मुसलिमकमे संयोजत्वमा सात कमिटी गठन भएको छ ।
समितिको सदस्यहरुमा मो.तफेजुल, धनराज यादव, रामु दास, गंगा राम खंग, अरुण यादव, हरिनारायण यादव छन् । सो अवसरमा राजविराज नगरपालिका वडा नः१० का वडाध्यक्ष सुशिल दास,महादेवा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष जयश्वरकिशोर दास, वडा सदस्य कमल प्रसेला, हरि नारायण यादव, पत्रकार देवराम यादव, महेन्द्र यादव, कृष्णदेव मण्डल, बासुदेव यादव, महमद समिम, हरेराम यादव, बिष्णुदेव यादव, शर्मा(वज्रगुरु(लोहनी एन्ड ब्रदर्स जेभी कम्पनीका ईड्डलोकेन्द्र धिमिरे लगायतको उपस्थिती रहेको थियो ।
कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा(वज्रगुरु(लोहनी एन्ड ब्रदर्स जेभीले ८४ करोड ७३ लाख ६ हजार २२८ बजेट रहेको यस खण्डको काम २०७७ असार २६ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि सडक निर्माण समयमा सम्पन्न हुने काटछाँट नदेखिएको स्थानियबासी बताउँछन् । स्थानीयबासी विवाद खडा गरेपछि समयमा सडक निर्माण अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको ठेकेदार कम्पनिको आरोप छ ।
Sponsored