TodayPati

जलेश्वरमा ढलान बाटो २४ घण्टा पनि टिकेन, रिपोर्टिंगमा गएका पत्रकार चौधरीमाथि दुव्र्यवहार

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

महोत्तरीका पत्रकार नविन चौधरीमाथि दुव्र्यवहार भएको छ । सडकको पीसीसी ढलान २० घण्टा नबित्दै भत्किएको समाचार संकलनमा गएका एपीवन महोत्तरीका रिपोर्टर चौधरीमाथि सशस्त्र प्रहरीका भूतपूर्व घुमुवा संजीव कुमार रायले दुव्र्यवहार गरेका हन् ।

जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहिन सडक ढलान गरेको भिडियो खिचेको भन्दै उपभोक्त समितिका अध्यक्ष समेत रहेका रायले पत्रकार चौधरीलाई दुव्र्यवहार गर्दै मोवाईल खोसेर भिडियो समाग्री डिलिट गरेका हुन् ।

Sponsored

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो । बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए ।

No description available.


किन सडकको भिडियो र फोटो खिचेको ? तुरुन्त डिलिट गर भन्दै रायले धाकधम्की र गाली गलौज गरी मोबाईल खोसेर संचारसमाग्रीे डिलिट गरेको पत्रकार चौधरीले दुखेसो पोखेका छन् ।
पत्रकार चौधरीले दोषीमाथि कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बिहीबार नै उजुरी दर्ता गराएका छन् ।
यत्रा पत्रकार चौधरीमाथि भएको दुव्र्यवहार र समाचार सामग्री डिलिट गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखा घोर भत्सर्ना गरेको छ ।

महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले एक प्रेस विज्ञप्ती जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदा हुदै रायले मोवाइल थुतेर फोटो र भिडियो डिलिट गरि पत्रकारमाथि हातपात गरेको घटना महासंघलाई किमार्थ स्वीकार्य नरहेको उल्लेख छ ।
घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन् । रायबाट गरिएको हातपात र फोटो डिलिटको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि ठाडो प्रहार भएको प्रेस व्यक्तिमा उल्लेख छ ।

Sponsored

रायको अनुदार कार्यशैली पत्रकारलाई स्वतन्त्रापूर्वक बाच्न र लेख्न देउ भन्ने विश्वव्यापी मान्यताको विपरित रहेको पत्रकार महासंघको ठहर छ ।

रायले गरेको ज्यादतीको तिव्र निन्दा गर्दै घटनामा संलग्न उनलाई तुरुन्त पक्राउ गरी आवश्यक कानूनी कारबाहीको दायिरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग नेपाल पत्रकार महासंघ महोत्तरी शाखा जोडजाड माग समेत गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *