TodayPati

घट्दै कोरोना ग्राफ, आज देशभर संक्रमित हुनेभन्दा निको हुने संख्या बढी

टुडेपाटी-
जनकपुरधाम, जेठ १३ गते ।

देशमा कोरोना संक्रमितको दरपछिल्लो समय घटेको छ ।पछिल्लो केहिदिन यता दैनिक करिब करिब संक्रमित भेटिने र कोरोना मुक्त हुनेको संख्या बराबरी देखिएको छ । संक्रमण दर घटेको छ भने कोरोना मुक्त हुनेको सख्ंया बढ्दै गएको छ ।

बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

Sponsored

२० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

यस्तै आज मृत्यु हुनेको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संख्या केहिदिन यताभन्दा कम रहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *