TodayPati

एम्बुलेन्सबाट १ क्विन्टल अवैध गाँजा बरामद, दुईजना पक्राउ

टुडेपाटी-

जनकपुरधाम, जेठ ११ गते ।
सुनसरीमा एम्बुलेन्समा अबैध लागूऔषध गाँजा ल्याउँदै गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई छन् ।

प्रहरीले धरान उपमहानगरपालिका २ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *