वीरगञ्जमा प्रहरी र माछा व्यवसायी बीच झडप, ३ प्रहरीसहित ५ जना घाइते
टुडेपाटी-
वीरगञ्ज, जेठ ९ गते ।
वीरगञ्जमा प्रहरी र माछा व्यवासयी बीच झडप भएको छ । शुक्रबार साँझ वीरगञ्ज महानगरपालिका १२ मुरली पोखरी नजिकै माछा प्यापरी र प्ररहीबिच भएको झडपमा ३ प्रहरीसहित ५ जना घाइते भएका छन् ।
माछा बेचिरहेका व्यापारीलाई प्रहरीले धपाउन खोज्दा झडप भएको हो । झडपमा परेर एकजना प्रहरी र एकजना स्थानीय महिला गम्भीर घाइते भएका छन् ।
प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रण गर्न वीरगञ्जमा निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा उलंघन गरी भीडभाड गरुी माछा बेचिरहेका व्यवसायीलाई त्यासो नगर्न भन्दा आक्रमण गरेको पर्सा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।
उनका अनुसार व्यवसायीहरुलाई दिउँसोदेखि नै माछा व्यवासयीलाई पटक–पटक नबेच्न आग्रह गरिएको र भीडभाड कम नभएपछि माछा जफत गरेर ल्याउँन खोज्दा झडप भएको हो ।
झडपमा स्थानीयहरुले एकजना प्रहरीलाई मोटरसाइकलबाट तानेर कुटपिट गरेको उनले जानकारी दिए ।
स्थानीयहरुको कुटपिटबाट मोबाइल गस्ती टोलीका प्रहरी जवान ३४ वर्षीय अरविन्द्र कुशवाह गम्भीर रुपले घाइते भएको र अन्य घाइतेहरुलाई सामान्य चोटपटक मात्र लागेको उनले बताए ।
झडपमा परेर एक स्थानीय वृद्ध महिला पनि घाइते भएकी छन् । उनको मुखमा गम्भीर रुपले चोट लागेको छ । पहिचान खुल्न नसकेको महिलाको मुखमा ७ वटा टाँका लगेको छ । हाल उनी अस्पतालमा भर्ना छन् । प्रहरीले बाख्र चराइरहेकी महिलामाथि अचानक आक्रमण गरेको स्थानीयको भनाइ छ ।
Sponsored
तस्बीर : यात्राडेलीबाट