सर्लाहीमा करेन्ट लागेर बालकको ज्यान गयो
टुडेपाटी-
सर्लाही, जेठ ९ गते ।
सर्लाहीमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा बरहथवा नगरपालिका–१५ पिपराभित्ता सुकुम्वासी टोला निवासी परिसर सहनीका छोरा १५ वर्षीय रामु सहनी रहेका छन् ।
आफ्नै घरमा बत्ति जडान गर्ने क्रममा क्रममा बालकलाई करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
को इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका बालकलाई तत्काल बरहथवा स्थित प्राथमिक स्वास्थ्य चौकी पु¥याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतक बालकको सव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक मदन कुवँरले जानकारी दिए ।