TodayPati

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

शुभ नारायण यादव-
सप्तरी, जेठ ८ गते ।

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ मा करेन्ट लागेर एक महिलाको आज बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा जडान रहेको टि.भीको स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाइते भएकी २४ बर्षीय अमृता देवी यादवको मृत्यु भएको हो ।रुपनी गाउँपालिका वडा नम्बर ३ हर्दिया टोल बस्ने सन्तोष यादवको श्रीमती अमृता घरमा जडान रहेको टि.भीको स्वीच अन गर्ने क्रममा करेन्ट लागि घाइते भएकी थिइन् ।

Sponsored

घाइते यादवलाई उपचारको लागि नजिकै रहेको युनिक अस्पताल लादै गर्दा बाटोमै मृत्यु भएको थियो । यता उक्त घटना सम्बन्धि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *