कोरोना संक्रमणबाट सिरहामा एकजना डाक्टरको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, जेठ ४ गते ।
कोरोना संक्रमणका कारण सिरहामा एकजना डाक्टरको मृत्यु भएको छ । सोमबार साँझ विराटनगरको विराट नर्सिंङ अस्पतालमा उपचारको क्रममा अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको मृत्यु भएको हो ।
लहान नगरपालिका वडा-६ घर भएका ३५ वर्षीय डा. चौधरीको कोरोना संक्रमणकै कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए ।
उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । हिजो साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।
डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।
Sponsored