TodayPati

सप्तरीमा निषेधाज्ञा उलंघन गरी मदिरा बेच्ने ६ जना पक्राउ, २६४८ व्यक्तिलाई कारबाही

टुडेपाटी-
सप्तरी, जेठ ४ गते ।

सप्तरीमा निषेज्ञा उलंघन गर्ने ६ मदिरा पसल संचालकसहित २ हजार अढाई हजार व्यक्तिलाई प्रहरीले कारबाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी निषेधाज्ञा उलंघन गरी साँझको समयमा मदिरा पसल संचालन गर्ने ६ जना मदिरा व्यवसायीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Sponsored

राजविराज, विष्णुपुर, छिन्नमस्ता लगायतको एरियाबाट पक्राउ परेका मदिरा व्यवसायीलाई आइतबार पक्राउ गरी संक्रमण ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

यसै गरी सप्तरी जिल्ला भरि निषेधाज्ञा उलंघन गर्ने २ हजार ६४८ जनालाई कारबाही गरिएको छ । निषेधाज्ञा उलंघन गरी सवारीसाधान चलाउने, मास्क नलगाई हिड्ने, अनाधिकृत रुपमा भीडभाड गर्ने जस्ता गतिविधि गर्ने २ हजार ६४८ जनालाई जनही १ सय रुपैयाँ जरिवाना गरी कारबही गरिएको सप्तरीका प्रहरी प्रवक्ता समेत रहेका डीएसपी काफ्ले जानकारी दिए ।

उनका अनुसार भीडभाड हुने स्थानमा निषेधाज्ञाको परिपालन गराउन प्रहरीले निषेधाज्ञा उलंघन गर्ने व्यक्तिहरुलाई केहिबेर होलिडिङ् गराई सम्झाई बुझाइ छाडिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *