TodayPati

प्रदेश २ : निषेधाज्ञाको मौका छोपी सरकारी गाडीमा काठ तस्करी

टुडेपाटी-
बारा, जेठ ३ गते ।

निषेधाज्ञा झनै सरकारी गाडीमा काठ तस्करी भएको फेला परेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको ना १ ग ७६२ नम्बरको सरकारी टिपरलाई शसस्त्र प्रहरीले तस्करीको काठ र चालकसहित नियन्त्रणमा लिएको छ ।

शसस्त्र प्रहरी गण पिलुवाले आइतबार (हिजो) राति १३ थान चिरान (करिव १० क्यूवफिट) कडी र टिपर चालक सुनिल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Sponsored

चालक र चोरीको काठसहित टिपर डिभिजन वन कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।

लकडाउनको समयमा गुडेका गाडीहरुमा चेकजाँच गर्ने कम्रमा शसस्त्र प्रहरीको पिलुवा चेकप्वाइन्टमा नगरपालिकाको सरकारी गाडीमा प्रमाण नखुलेको काठ सहित चालकलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी उपरीक्षक मनोज थापाले जानकारी दिए ।

थापाका अनुसार चालक चौधरीसँग रहेका एकजना भने जंगलतर्फ भागेका छन् । सो काठ जीतपुरसिमरा–१६ टाँगिया बस्तीबाट लोड भएको वन कार्यालयले जनाएको छ ।

Sponsored

डिभिजन वन अधिकृत मञ्जुर अहमदले काठबारे अनुसन्धान भइरहेको बताए । सरकारी गाडी मै चोरीको काठ ओसारपसार हुँदा तस्करी नियन्त्रण गर्न समस्या भएको उनले बताए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *