TodayPati

कोरोना कहर : जमिरियादेवी धर्मशालामा बस्नेलाई निषेधाज्ञा अवधिभर नि:शुल्क खानाको व्यवस्था

टुडेपाटी-

जनकपुरधाम, जेठ ३ गते ।

नयाँ भेरियन्टसहितको दोस्रो कोरोना महामारीको लहर सुरु भएपछि जिल्लामा निषेधाज्ञा लागेपछि जनकपुरधाममा मागेर खानेहरूका लागि खाना खुवाउने अभियान सञ्चालन गरेको छ ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिका–७ स्थित करिब जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएकाहरूका लागि वडाध्यक्ष जानकीराम साहले आइतबारदेखि खाना खुवाउने अभियान सञ्चालन गरेका छन् ।

झण्डै दुई सातादेखि लागेको निषेधाज्ञाको कारण करिब ४० जना धर्मशालामा बस्दै आएका दैनिक ज्यालादारी तथा मागेर खानेहरूलाई समस्या भएको टुडेपाटीसहितको विभिन्न समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि वडाध्यक्ष साहले आइतबारदेखि निषेधाज्ञा अवधिभरका लागि उनीहरूलाई नि:शुल्क खानाको व्यवस्था गरेको जानकारी दिए ।

जमिरिया देवी धर्मशालामा बसोबास गर्दै आएका कुष्ठ रोगी, मजदुर तथा सडकमा मागेर बस्नेलाई राहतस्वरुप दुई छाक भोजनको व्यवस्था गरेको तथा आफ्नो वडामा कसैलाई भोकै सुत्न नपर्ने वडाध्यक्ष साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *