बढी भाडा लिएर बिरामी ओसार्ने बटेश्वरका एम्बुलेन्स प्रहरी नियन्त्रणमा, चालक समातिए
टुडेपाटी-
जनकपुरधाम, जेठ २ गते ।
धनुषाको ढल्केवरबाट बढी भाडा लिएर बिरामी ओसारपसार गर्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषाको बटेश्वर गाउँपालिकाको एम्बुलेन्सलाई चालकसहित आइतबार ढल्केवरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जनकपुरको पुलचोकबाट बिरामीको आफन्तसँग १६ हजार ५ सय रूपैयाँ लिएर झापाको विर्तामोड बिरामी लिएर जाँदै गर्दा विशेष सूचनाको आधारमा ढल्केबरबाट पक्राउ गरिएको धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।
ज १ च १६२५ नम्बरको बटेश्वर गाउँपालिकाको एम्बुलेन्स र चालक र प्रहरी नियन्त्रणमा छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।