TodayPati

कोरोना संक्रमणबाट महोत्तरीमा थप तीनजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, जेठ २ गते ।

कोरोना संक्रमणबाट महोत्तरीमा थप तीनजनाको मृत्यु भएको छ । यससँगै कोरोनाको दोस्रा लहर शुरु हुँदा महोत्तरीमा हालसम्म २२ जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आइतबार बिहान उनीहरुको मृत्यु भएको छ ।

Sponsored

औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुष, गौशाला नगरपालिकाका वडा नम्बर ४ का ४० वर्षीय पुरूष र सम्सी गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।

औरहीका पुरुषमा बैशाख ३० गते, गौशालाका पुरुषमा बैशाख २८ गते र सम्सीका पुरुषमा जेठ १ गते कोरोना संक्रमण देखिएको थियो ।

औरहीका पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाम, गौशालाका पुरुषको स्थानीय आइसोलेसनमा र औरहीका पुरुषको जनकपुरधामस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिंहले बताइन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *