कोरोनाबाट कराते संघ प्रदेश २ का अध्यक्ष यादवको निधन
टुडेपाटी-
जनकपुरधाम, जेठ २ गते ।
कोरोना भाइरस संक्रमणले जनकपुरका एक कराते खेलाडीको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगर–१९ का ४० वर्षीय बैजनाथ यादवको उपचारका क्रममा शनिवार राति मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि खेलाडी यादव काठमाडौं पुगेर बीर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा गएराति उनको निधन भएको आफन्तले जानकारी दिए ।
यादव नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का अध्यक्ष थिए । जनकपुरले आइतबार खेलकुद जगतका एक योद्धा गुमाएको भन्दै धेरैले सामाजिक संजालमा दुख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।