TodayPati

अक्सिजन अभावमा राजविराजमा काेराेना संक्रमित युवककाे मृत्युु

शुभ नारायण यादव-
सप्तरी , बेशाख २८ गते ।

सप्तरीको गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा अक्सिजन अभावका कारणले थप एक जना काेराेना सन्क्रमित युवककाे मृत्युु भएको छ ।

काेराेना सन्क्रमित युवक सप्तरीको राजविराज नगरपालिका वडा न. ९ गढियाका ३८ बर्षिय जोगेन्द्र प्रसाद यादवकाे अक्सिजन अभावमा मृत्यु भएको हाे । विगत चार दिनदेखि ज्वराे अाएकाे तथा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचारको लागि भर्ना गरेको थियाे ।

Sponsored

साेहि क्रममा अक्सिजन अभावमा उनकाे तत्काल राजविराजमा उपचार हुन नसकेपछि बिना अक्सिजनके बिराटनगर स्थित ग्रीन सिटि अस्पतालमा भेन्डिलेटरकाे लागि भर्ना गर्न लेजादे गरेकाे अवस्थामा बिच बाटोमै अक्सिजन सकेपछि मृत्यु भएको उनका अङकल रामु यादवले जानकारी दिएका छन् ।

उनका अनुसार अक्सिजन अभावमा राजविराजमा उपचारको लागि भर्ना गरिए पनि अस्पतालका मेसु डा. रन्जित झालाई अक्सिजनकाे लागि पटक पटक अाग्ह गर्दा पनि यहा अक्सिजन छेन भनी बिरामिलाइ रेफर गरिएको तथा थप उपचारको लागि बिराटनगर तर्फ लगिदे गर्दा बिच बाटाेमे मृत्युु भएको मृतकका परिवारजनले बताएका छन् ।

यता सरकारले अक्सिजन ,भेन्टिलेटरकाे लागि लाखौं करोडौं रकम पठाए पनि यहाका गरिब ,निमुखा जनताहरुले अकालमे मृत्युु हुने गरेकाे भन्दै सजपाका नेता समेत रहेका रामु यादवले अस्पताल प्रशासन तथा मेसुकाे लापरबाहिका कारणले अाफ्नाे भतिजाकाे अकालमे मृत्युु भएको भन्दै अस्पताल बिरुद्ध कडा अान्दोलन गर्ने चेतावनि समेत दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *