TodayPati

महोत्तरीबाट लागुऔषधसहित २ युवक प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, वैशाख २८ गते ।

महोत्तरीबाट लागुऔषधसहित २ युवक पक्राउ परेका छन् । मंगलबार गौशाला नगरपालिका–५ बस्ने २९ वर्षीय अक्षयकुमार अर्याल र धादिङ्ग धुनिबेसि नगरपालिका ७ बस्ने ३२ वर्षीय सरोज पाण्डेयलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

सम्सीबाट बा ६७ प ४७६६ नम्वरको मोटरसाईकल चढी बर्दिवास तर्फ जाँदै गरेको युवकहरुमाथि शंका लागि औरही नगरपालिका ४ स्थित कठुधारमा चेक जाँच गर्दा उनीहरुको साथबाट लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट डाइजलेड ४४ पिस, नुरुफीन ४४ फेनारगन ४३ पिस बरामद भएको उनलेे बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *