TodayPati

एमाले सांसद पशुपति चौलागाईंको कोरोनाबाट मृत्यु

टुडेपाटी-
जनकपुरधाम, वैशाख २९ गते ।

एमाले नेता पशुपति चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको छ ।

हाल वागमती प्रदेश सभाका सांसद रहेका चौलागाईंको उपचारको क्रममा मनमोहन अस्पतालमा  मंगलबार राति करिब १० बजे  निधन भएको हो ।

उनलाई कोरोना संक्रमण भएपछि बैशाख २१ गते अस्पतालमा भर्ना गरिएको थियो।

Sponsored

अवस्था जटिल भएपछि उनलाई हिजो सोमबार आईसीयूमा सारेर उपचार गरिएको थियो।

प्रदेश सभामा दोलखाबाट निर्वाचित भएका चौलागाईं यसअघि दोलखाबाटै प्रतिनिधि सभामा समेत निर्वाचित सांसद हुन् ।

एमालेका पोलिटब्युरो सदस्य चौलागाईं युवा संघको केन्द्रीय अध्यक्ष भइसकेका थिए।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *