TodayPati

सप्तरीमा चिकित्सकसहित १६ जना कोरोना संक्रमित थपिए

शुभ नारायण यादव-
सप्तरी, वैशाख १४ गते ।

सप्तरीमा एक चिकित्सकसहित १६ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा ४६ जनाको पीसीआर परीक्षण गरिएकोमा १६ जनामा संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिए ।

उनका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालका एक चिकित्सकमा संक्रमण पुष्टि भएको हो ।

Sponsored

यसैगरी सप्तरीको राजविराज नगरपालिकाका ६ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, महादेवा, अग्निसाइर कृष्णासरवन र रुपनी गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यसअघि आइतवार पनि सप्तरीमा एकै परिवारका ११ जनासहित १४ जना संक्रमित थपिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *