पर्सामा एक साताका लागि निषेधाज्ञा जारी
टुडेपाटी-
वीरगञ्ज, वैशाख १४ गते ।
पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको उनले बताए ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएयता हालसम्म पर्सामा १७ जनाको मृत्यु भएको छ ।
Sponsored