समाचार लेखेको निहुँमा पत्रकार यदुवंशीलाई ठेकेदारको धम्की, पत्रकार महासंघद्वारा कारबाहीको माग
टुडेपाटी-
महोत्तरी, वैशाख १३ गते ।
शिरिष न्युज अनलाईनका सम्वादाता धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’ लाई महोत्तरीको औरही बजार ठेकेदार नथुनी ठाकुरले कुटपीट गर्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ठेकेदार ठाकुरले श्री प्रसाद सिंह मावि औरहीमा आयोजना गरिएको छलफलमा समाचारको प्रमाणसहित अनिवार्य उपस्थित हुनुपर्ने भन्दै पत्रकार यदुवंशीलाई धम्की दिएका हुन ।
ठेकेदार ठाकुरले आफुले राखेको छलफलमा उपस्थित नभए विगतमा पत्रकारलाई गरेको दुव्र्यवहार जस्तै गरिने र जे पनि गर्न सकिने आपूmलाई भनेको पत्रकार यादवले बताए ।
आईतबार बिहान करिव १० बजे बजार ठेकेदार ठाकुरले समाचारको विषयलाई लिएर टेलिफोन गर्दै पत्रकार यदुवंशीलाई रामधुलाई गर्ने धम्की दिएको प्रमाण सुरक्षित रहेको विज्ञप्तीमा जनाइएको छ ।
गत शुक्रबार पत्रकार यदुवंशीले ‘ठेकेदारको दादागिरीका कारण औरही बजार बन्द हुने अवस्थामा’ भन्ने शीर्षकको समाचार लेखेका थिए । समाचारमा तोकेको दर–रेट भन्दा ठेकेदारले व्यपारीहरुसंग बढी बट्टी असुली गरिरहेको बिषयलाई लिएर बजार ठेकेदार ठाकुरले पत्रकार यदुवंशीलाई दिएको धम्कीको प्रति महासंघले कडा निन्दा र घोर भत्सर्ना गरेको छ ।
Sponsored
समाचारको सम्बन्धमा चित्त नबुझे प्रचलित कानुनी प्रक्रिया अबलम्बन गर्न सक्ने बाटो हुँदाहुँदैं ठेकेदार ठाकुरले कानुनलाई मुठ्ठीमा लिएर पत्रकारलाई कुटपीट गर्ने धम्की दिनुले प्रेस स्वतन्त्रतामाथि ठाडो प्रहार भएको ठहर गरेको छ ।
महासंघका सचिव राजकरण महतोद्वारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई तुरुन्त पक्राउ गरेर कानुन अनुसार कारवाही गर्न प्रहरी प्रशासनसंग माग गरेको छ । साथै नेपाल पत्रकार महासंघले बनाएको पत्रकार अचार संहिताको पूर्ण पालन गर्दै निडर भएर देश र जनताको पक्षमा कलम चलाउन सबै पत्रकारहरुमा अनुरोध गरेको छ ।