सिरहा : उपचार गराउन पैसा नहुँदा विष सेवन गरेर आत्महत्याको प्रयास
टुडेपाटी-
सिरहा, वैशाख १२ गते ।
सिरहामा उपचार गर्ने पैसा नभएर एक पुरुषले विष खाएर आत्महत्या प्रयास गरेका छन् । कर्जन्हा नगरपालिका ११ का ४३ वर्षीय श्यामकुमार महतोले शनिबार दिउँसो विष खाएका हुन् ।
उनी विगत केही समयदेखि ब्लड क्यान्सरबाट पीडित छन् । उपचार गराउँदै आए पनि हालसम्म ठीक नभए र थप उपचार गर्न रकम नभएका कारण उनले तरकारीमा छर्ने विषादी खाएको प्रहरीले जनाएको छ ।
उनको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारपछि अहिले गोलबजारस्थित एक अस्पातालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।
Sponsored