जनकपुरमा गुडिरहेको हाइस अचानक आगलागी भएर यसरी जल्यो
टुडेपाटी-
जनकपुरधाम, वैशाख ११ गते ।
जनकपुरधाममा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । गुडिरहेको हाइसमा शनिबार साँझ पौने ७ बजे जनकपुरधामस्थत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी अचानक आगो लागेको हो ।
आगलागी १५ मिनेटमै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो । गाडीको नम्बर खुल्न सकेको छैन ।
जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ ।
घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
Sponsored