TodayPati

प्रशासन कार्यालय धनुषाले दिन अनुसार सेवा दिने, कुन पालिकाको कुन दिन पालो ?


टुडेपाटी-
जनकपुरधाम, वैशाख ९ गते ।

बढ्दै गएको कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई दिन अनुसार पालैपालो सेवा दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सूचना जारी गर्दै वैशाख १२ गते आइतबारदेखि दिन अनुसार पालिकाहरुलाई पालैपालो सेवा प्रदान गर्ने जनाएको छ ।

Sponsored

सेवा प्रवाहको लाग जिल्लाको १८ वटा पालिकाहरुको तालिका तयार गरेको छ । जस अनुसार आइतबार सबैला, गणेशमान चारनाथ र नगराइन नगरपालिकालाई सेवा प्रदान गर्ने छ भने मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको सेवा सोमबार सेवा दिने छ ।

यस्तै मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाको सेवा दिइने छ । त्यसैगरी बुधबार लक्ष्मीनिया गाउँपालिका, हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ ।

बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाको सेवा प्रवाह गरिने छ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएको छ ।

Sponsored

त्यसै गरी संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *