वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमध्ये ५० प्रतिशत बिरामी कोरोना संक्रमित
टुडेपाटी-
वीरगञ्ज, वैशाख ५ गते ।
शनिबार राति वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमध्ये ५० प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
९० जनाको परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
संक्रमतिहरु मध्ये पर्सा जिल्लाका ३९ र बाराका ६ जना रहेको दासले बताए । पर्सामा थपिएका संक्रमितहरु मध्ये ३८ जना वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरुका रहेको तथा १ जना पर्सागढी नगरपालिका ३ को स्थानीयबासी रहेका छन् ।
वीरगञ्ज ममहानगरपालिका वडा नम्बर ६ का ९ जना, १० का ८ जना, २ का ६ जना, वडा नम्ब्र १३ का चार जना, १५ का ३ जना रहेका छन् ।
यस्तै बाराको जितपुर सिमरा उप महानगरपालिकाका २ जना, कलैया उपमहानगरपालिकाका २ जना, परवानीपुर गाउँपालिका ३ का एक, फेटा गाउँपालिका ७ का एक, करैयामाई गाउँपालिका ६ का एकजनामा संक्रमण देखिएको छ ।
Sponsored
त्यस्तै वीरगञ्ज महानगरपालिका–१० की ५१ वर्षीया महिलाको आइतबार कोरोनाबाट मृत्यु भएको छ ।