वीरगञ्जमा कोरोना संक्रमणबाट ५१ वर्षीया महिलाको मृत्यु
टुडेपाटी-
वीरगञ्ज, वैशाख ५ गते ।
वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो ।
नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १स्४० बजे उनको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए ।
ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा उनलाई निमोनिया भइसकेको पत्ता लागेको थियो । नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ थियो ।
पचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार राति साँढे २ बजेसम्म उनको अक्सिजन मेन्टेन थियो । साँढे २ बजेपछि हाईफ्लो अक्सिजन दिँदा पनि अक्सिजन कम भईरहेको थियो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा २१ जना संक्रमित उपचाररत छन् ।
Sponsored
अधिकांशलाई अक्सिजन लगाउनुपरेको अस्पतालको कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । ‘ अधिकांशलाई अक्सिजन बाहिरबाट दिनुपरेको छ, ५ जनालाई त हाईफ्लो अक्सिजन नै दिईरहेका छौं ।’ उनले भने ।
दोस्रो लहर शुरु भएपछि पर्सामा यो चौथो मृत्यु हो । पर्साका एक संक्रमितको चितवनमा पनि मृत्यु भएको थियो ।