धनुषाका वातावरण अनुकूल हुँदा विद्यालयहरु बन्द नहुने
टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ४ दिन देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेपनि जनकपुरसहित धनुषाका विद्यालयहरु बन्द नहुने भएको छ ।
शिक्षा विकास समन्वय इकाइ धनुषाले मंगलबार सूचना जारी गर्दै धनुषाका स्थानीय तहले उपयुक्त निर्णय गरेर विद्यालय सञ्चालन गर्न आह्वान गरेको हो ।
मन्त्रालयले मौसमी प्रतिकूलता कारण सोमबार पठनपाठन बन्द गर्ने निर्णय गरेपनि धनुषामा वातावरण प्रतिकूलताको महसुस नगरिएको हुँदा विद्यालय सञ्चालन गर्न भनिएको छ ।
यता, जनकपुरधामस्थित मोनाष्टिक कलेजका प्रधानाध्यापक प्रमोद साहले विद्यालय सञ्चालन गर्ने विषयमा हालसम्म जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट कुनै जानकारी नआएको बताए ।
उनले भने, ‘अहिले हाम्रो बैठक चल्दै छ, विद्यालय सञ्चालन गर्ने/नगर्ने विषयमा बैठकपछि नै निष्कर्ष आउँछ ।’
Sponsored