TodayPati

प्रदेश २ को होली : ग्याङ फाइटदेखि चक्कु प्रहारसम्म, साढे ५ सय सवारीसाधन नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

प्रदेश २ मा होलीको दिन (सोमबार) कुटपिटदेखि चक्कु प्रहारसम्मका घटना भएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका- १ मा कुटपिट भएको हो । त्यस्तै, धनुषाको मिथिला नगरपालिका- १ मा चक्कु प्रहार भएको छ ।

Sponsored

मटिहानी- १ मा दुई समूहबीच भएको कुटपिटमा परी १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको मिथिला- १ मा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रदेश- २ मा होलीको दिन ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका डीएसपी नवरतन पौडेलले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *