रौतहटका क्रियाशील पत्रकारले सदस्यता नपाएपछि आन्दोलित, महासंघमा तालाबन्दी
टुडेपाटी-
रौतहट, चैत १४ गते ।
रौतहटका क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गरिएको भन्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार महासंघ रौतहट शाखाबाट सिफारिस गरिएका पत्रकारलाई सदस्यता नदिइएको भन्दै कार्यालयमा ताला लगाइएको छ ।
महासंघले गरेको यो त्रुटि सच्याउन माग गर्दै शनिबार पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला शाखाका अध्यक्ष रविन्द्रप्रसाद साहले नयाँ सदस्यताका लागि ४२ पत्रकारको नाम सिफारिस गरेका थिए । तर १९ जनाको नाम हटाएर विवरण सार्वजनिक गरिएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
उनीहरुले माग पूरा नभए महासंघको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । यहीँ चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको छ ।