१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुर आइपुग्यो, बाह्रविघा मैदानमा मेला
टुडेपाटी–
जनकपुरधाम, चैत १४ गते ।
मिथिलाञ्चलको १५ दिने मध्यमा परिक्रमा आज जनकपुरधाम आइपुगेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका तारापट्टी स्थित मिथिला बिहारी मन्दिरबाट किशोरीजीको डोला सहित सुरु भएको परिक्रमा १५ अौं दिन जनकपुर अाइपुगेको हो ।
भोेली आइतबार बिहानै जनकपुरको अन्तगृह परिक्रमा गरेपछि विधिवत् रुपमा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुनेछ ।
शुक्रबार भारत विहारको बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरुको लस्कर कल्याणेश्वर महादेवको दर्शन गर्दै आज जनकपुरधाम आइपुगेको छ ।
Sponsored
अहिले परिक्रमा यात्रीहरु जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा र तरहुतिया गाछी मैदानमा बस बसेका छन् । अहिले उक्त दुबै स्थलमा हजारौंको संख्यामा पाल,त्रिपाल झुण्ड्याएर बसेका छन् । बाह्र विघा मैदानमा मेला लागेको छ ।
मध्यमा परिक्रमा सहभागी नभएकाह हजारौं श्रद्धालुहरु जनकपुरको अन्तरगृह परिक्रमा भागलिने गर्दछन् ।
मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम गरेको थियो । १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १३३ किलोमिटर दूरी तय गरेका छन् ।